काठमाडौं आज पनि प्रदूषित शहरको पहिलो स्थानमै

काठमाडौं। काठमाडौं उपत्यकाको वायु प्रदूषण केही कम भएको छ। हावा केही बढी चलेकाले अघिल्ला दिनको तुलनामा शनिबार प्रदूषण कम भएको हो।

प्रदूषण घटे पनि हावाको गुणस्तर मापन गर्ने एक्यू एअर इन्डेक्सअनुसार काठमाडौं विश्वको सबैभन्दा प्रदूषित शहरको पहिलो सथानमा कायमै छ। यो समाचार तयार पार्दासम्म काठमाडौंको एक्यूआई १९२ मापन भएको छ।

वर्षा भएमा वा ठूलो हावा चले मात्रै प्रदूषण पूर्ण रुपमा हट्न सक्छ। तर अझै केही दिन तत्काल पानी पर्ने र ठूलो हावा चल्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।