एम्बुलेन्समा लागुऔषध तस्करी, ४ जना पक्राउ
काठमाडौं । प्रहरीले एम्बुलेन्समा लुकाएर ल्याएको लागुऔषधसहित ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । शुक्रबार राति २ बजेतिर ललितपुर बागमती गाउँपालिका-३ छपेली भट्टेडाँडामा भारतीय नम्बर प्लेट बिआर ०५ पिए ०४२१ नम्बरको एम्बुलेन्स चेक गर्दा उनीहरु लागुऔषधसहित पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा २० वर्षीय भारतीय नागरिक समिर आलम, ३३ वर्षका मुन्ना अन्सारी, ४५ वर्षकी नोर्जान खातुन छन् । जिल्ला प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरी सो घटनाबारे जानकारी दिएको हो।
एम्बुलेन्स चालक मोहम्मद उमर भने एम्बुलेन्सको चाबी लिएर फरार भएपनि शनिबार पक्राउ परेको एसएसपी श्यामकृष्ण अधिकारीले बताए।
बयानका क्रममा उनीहरूले बिरामी भएको नाटक गरी उक्त लागुऔषध काठमाडौं भित्र्याउन खोजेको बताएका छन्। भारी मात्राको लागुऔषध उनखीहरुले नेपाली व्यक्तिको लागि ल्याएको बताएका छन्।
उक्त स्थानमा प्रहरी चौकी भट्टेडाँडाबाट प्रहरी सहायक निरीक्षक श्रीराम सिंहको कमाण्डमा खटिएको २ जना प्रहरी टोलीले एम्बुलेन्सभित्रबाट लागुऔषध ट्रामाडोल ९३ हजार ८०० क्याप्सुल बरामद गरेको हो।