पालो सबैको आउँछ, मैले जसरी नै जाँच अरूले पनि दिनुपर्छ: लामिछाने

फाइल तस्वीर

काठमाडौं। पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज जिल्ला कारगार रुपन्देहीमा जानु अघि संक्षिप्त प्रतिक्रिया दिँदै अदालतको आदेशको सम्मान गर्ने बताएका छन्।

उनले कानूनले दिएको अधिकार प्रयोग गर्ने उल्लेख गर्दै तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो आदालत जाने बताए। शुक्रबार काठमाडौंस्थित निवासबाटै पक्राउ गरिएका लामिछानेलाई आज रुपन्देही कारगार चलान गरिएको छ।

उनले भने, न्यायको मन्दिरबाट अन्याय हुने छैन, म विश्वस्त छु तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ति गलत सावित हुन्। उनले पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिन र अभियानलाई जनताको बीचमा पुर्याउन नेता कार्यकर्तालाई अनुरोध गरेका छन्।

उनले थपे, अहिले ममाथि राजनीतिक प्रतिशोध भयो। पालो सबैको आउँछ। यो परीक्षाको पहिलो विद्यार्थी म भएँ। मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ।