काठमाडौं आज पनि विश्वकै प्रदुषित सहरकाे सूचीमा
काठमाडौं। वायु प्रदुषणमा काठमाडौं पाँच दिनयता लगातार विश्वकै प्रदुषित सहरको शीर्ष सूचीमा रहेको छ । आज पनि काठमाडौंको वायु प्रदूषण उच्च रहेको छ।
आईकयू एयरले जारी गर्ने सूचीमा मंगलबार बिहान ७ बजेको मापन काठमाडौँ विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा छ । काठमाडौंको एक्यूआई २६२ रहेको छ। यसलाई निकै अस्वस्थ ९खतरनाक० मानिन्छ।
५० सम्मको एक्यूआईलाई मात्र स्वस्थ मान्ने गरिएको छ। काठमाडौंको हावामा पीएम २।५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३७।५ गुणा बढी रहेको छ।
वायु प्रदूषण उच्च भएसँगै काठमाडौंमा बिरामीको संख्या बढ्दै गएको छ। विज्ञहरूले बाहिर व्यायाम नगर्न, मास्क लगाउन तथा झ्यालहरू बन्द गरेर बस्न सुझाव दिएका छन्। हाल पाटन, रत्नपार्क, रविभवनलगायत क्षेत्रमा प्रदूषण उच्च रहेको छ।
काठमाडौंपछि भारतको नयाँदिल्ली दोस्रो तथा भियतनामको हानोई विश्वकै तेस्रो प्रदूषित सहर बनेको छ। त्यसपछि शीर्ष १० स्थानमा क्रमशः पाकिस्तानको लाहोर, भियतनामको हो चि मिन, चीनको वुहान, इन्डोनेसियाको जकार्ता, म्यानमारको याङगोन, चीनको छेन्दु र कम्बोडियाको फेनोम पेन रहेका छन्।