भारतसँगको सम्बन्ध सुधारिएको संकेत, विपक्षीलाई तह लगाउने ओलीको अस्त्र सफल
काठमाडौं। जनमतमा खराब हुँदै गएका प्रधानमन्त्री केपी शर्मा ओली सत्तामा भने बलियो बन्न थालेका छन् । भारतसँगको सम्बन्ध सुधारिएको संकेत र विपक्षीलाई तह लगाउने अस्त्र सफल भएपछि यो अवस्था बनेको हो। जहाँ कांग्रेसको बलियो साथ अर्को आधार बन्दा खड्गोबाट पार हुने उनका रणनीति कस्ता रहे त?
एकैचोटी राजावादीदेखि विपक्षीले घेरिएका तथा भूराजनीतिक प्रभावसमेत खपिरहेका प्रधानमन्त्री केपी शर्मा ओली सहजताउन्मुख भएका छन्। सत्तासहयात्री नेपाली कांग्रेसको साथले उनीजनमत जति खराबभएपनि त्यसको कयौँ गुणा बलियो किसिमले सत्ता हाँकिरहेका छन् ।
भूराजनीतिक कोणबाट हेर्दा समेत मोदीसँग भिड्न तम्सिएकाओली साइडलाइन वार्तामै उत्साहित छन् । आगामीवैशाख महिना भित्रै भारत भ्रमणको निम्तो पाउने आश्वासनले उनको खुसीको सीमा छैन भने यसले मरिचमान श्रेष्ठ र झलनाथ खनालको अवस्था उनको पनि हुने विश्लेषण फेल हुने देखिएको छ।
अर्थात थाइल्यान्डमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसगँ ४० मिनेट ओलीले गरेको वान टु वान वार्ताले यो अवस्था बनेको हो। सो वार्तामा उनीहरुको मिलनबिन्दु भारतीय मिडियाले दाबी गरेझै गणतन्त्रात्मक हिन्दु राज्यमात्र होकि अरु पनि छन् त्यो भने खुलेको छैन।
यद्यपि अहिले उनी भारतप्रति लचिलो सुनिन्छन् भनेआफू नभ्याएरमात्र भारत भ्रमण नगरेको दाबी गर्न थालेका छन्।
आन्तरिक राजनीतिमा समेत उनी विपक्षीलाई गणतन्त्रको मुद्दाले बाध्न सफल भएका छन्। यही बीचमा माधवकुमार नेपालको पार्टी कार्यालय पुग्नु र पुष्पकमल दाहाल प्रचण्डसहितलाई भेट गर्नुले समेत सकारात्मक संकेत गरेका छन्।
त्यस्तै टिआरसीमा साटेर कुलमान घिसिङ हटाउन सफल भएका ओली राजावादीलाई तीनकुने घटनामै समेट्न सफल हुँदै गएका छन् । फलतः कुलमानको विषय अदालतमा भएकाले नबोल्ने माओवादीले बताइसकेको छ भने राजावादीको सक्रियताका कारण सत्तामाथि प्रहार गर्न सक्ने अवस्थामासमेत छैन ।
यसबाहेक रोकिएको अध्यादेश पास गर्नेदेखि रवि लामिछानेलाई फेरि खोरमा पुर्याउनेसम्मका काम ओलीले सम्पन्न गरिसकेका छन् । त्यस्तै यही मौकामा काठमाडौँ महानरपालिकाका प्रमुख बालेन्द्र शाहलाईसमेत साइजमा ल्याएका उनी परराष्ट्रमन्त्री आरजुराणाकै कारण शेरबहादुर देउवाले पनि जस्तोसुकै बेला पनि साथ दिने अवस्थाको भरमग्दुर प्रयोग गरिरहेका छन्।
यसैको बलमा उनी सधैँ प्रतिपक्षी देखिने गगन थापालाई आफूतिर खिच्ने कार्यमा पनि सफल भएका छन्। यता पार्टीभित्रै पनि डा।भीम रावलदेखि पूर्व राष्ट्रपति विद्या भण्डारीलाई तह लगाउनसमेत उनी सफल भएका छन्।
मुख्यकुरा त शेरबहादुर देउवाको साथ हुन्जेल ओलीलाई केही गर्न सकिने अवस्था छैन। जहाँ ओली कुनै हालतमा पनि सत्ता छोड्ने अवस्थामा नरहँदा पालो आउनेमात्र नभई मुख्य प्रतिस्पर्धी खुइलिने फाइदामा समेत देउवा छन्।
त्यस्तै सम्भावित अन्य विकल्पसमेत नरहँदा विपक्षी यसैपनि पेलिँदै आएका थिए । पछिल्लो तरल राजनीतिक अवस्थाले केहि मुद्दा मिलेपनि त्यसलाई प्रयोग गर्न नसकेको विपक्षी ओलीका लागि फाइदाजनक बन्दा अहिले हल्लाले बाह्र हातको टाँगोले समेत नछुने अवस्था बन्दै गएको हो।