नेपाल विद्यार्थी संघद्वारा त्रिचन्द्र क्याम्पसकाे इकाई अध्यक्षको जिम्मेवारी अमृत शाहीलाई

काठमाडौं। नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यालयले अमृत बहादुर शाहीलाई त्रिचन्द्र बहुमुखी क्याम्पसमा इकाई अध्यक्षको जिम्मेवारी दिइएको छ।

त्रिचन्द्र बहुमुखी क्याम्पसमा विगत ११ वर्षदेखि नेविसंघकाे रिक्त रहेको इकाई अध्यक्ष पद अमृत बहादुर शाहीलाई नियुक्ति गरिएको हाे।

पत्रमा उल्लेख भए अनुसार, नेविसंघ त्रिचन्द्र बहुमुखी क्याम्पसमा इकाई अध्यक्ष पद रिक्त भएकाले नेपाल विद्यार्थी संघको विधान २०२७ को साताैं संशोधन २०७५ बमोजिम तीन महिना भित्र इकाई अधिवेशन सम्पन्न गर्ने गरी अमृत बहादुर शाहीलाई उक्त जिम्मेवारी दिइएको जनाइएको छ।

पत्रमा नेपाल विद्यार्थी संघको विधि विधान र मर्यादा भित्र रहेर संगठनलाई गतिशील बनाउनु हुनेछ भन्ने विश्वास व्यक्त गरिएको छ। साथै नयाँको मनोनयनले संगठनलाई थप उजार्वान बन्न मद्दत गर्ने विश्वास लिदै कार्यकाल सफलताको शुभकामना पनि दिइएको छ।

उक्त पत्रमा नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाको हस्ताक्षर रहेको छ र पत्र त्रिचन्द्र बहुमुखी क्याम्पस घण्टाघर काठमाडौंलाई बोधार्थ गरिएको छ।

नेविसंघको यो निर्णयले त्रिचन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनको नेतृत्व सुदृढ हुने र अब आउने दिनहरूमा विद्यार्थीहरूको हितमा थप कार्यक्रमहरू आयोजना हुने अपेक्षा गरिएको छ।