काठमाडौं आज पनि प्रदूषित शहरको पहिलो नम्बरमा
काठमाडौं। काठमाडौं विश्वकै प्रदूषित शहरको पहिलो सूचीमा यथावत् छ। आईक्यू एअरका वायु गुणस्तर इन्डेक्सअनुसार अहिले काठमाडौंको एक्यूआई २९२ छ।
५० सम्मको एक्यूआईलाई मात्र स्वस्थ मान्ने गरिएको छ। एक्यूआई २०० भन्दा माथिलाई अति अस्वस्थकर मानिन्छ।
काठमाडौंपछि भारतको नयाँदिल्ली दोस्रो तथा चीनको वुहान तेस्रो स्थानमा छन्।