गृहमन्त्रीले आज कानुन समितिमा तिनकुने घटनाबारे जवाफ दिने

काठमाडौं। गृहमन्त्री रमेश लेखकले आज तीनकुने घटनाबारे संसदीय समितिमा जवाफ दिने भएका छन्।विहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहमन्त्री लेखकलाई बोलाइएको छ।
चैत १५ गते राजावादीहरुको प्रदर्शनका क्रममा प्रहरीले जथाभावी गोली चलाएको विषयमा सांसदहरुले गृहमन्त्रीको जवाफ मागेका थिए।
यस्तै आजै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। बैठक बिहान ११ बजे बस्नेछ।
दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूचि रहेको सचिवालयले जनाएको छ।