बसले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते

नवलपरासी। महेन्द्रराजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दल्दलेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका छन्।

प्रहरी चौकी दल्दलेका अनुसार नारायणगढबाट कावासोतीतर्फ जाँदै गरेको यात्रुबहाक बसले मोटरसाइकललाई ठक्कर दिएको हो।

शुक्रबार बिहान पौने १० बजे भएको दुर्घटनामा घाइतेको स्थानीय देवचुली अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकलमा यात्रारत दुई जना र बसका सहचालक घाइते भएका हुन्।