प्रहरी कर्मचारीको राजीनामा स्वीकृत नगर्न निर्देशन
काठमाडौं। प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरूलाई कर्मचारीहरूको राजीनामा स्वीकृत नगर्न निर्देशन दिएको छ।
जारी आन्दोलन,प्रदर्शनलगायतलाई लक्षित गरेर प्रहरी प्रधान कार्यालयले कर्मचारीहरुको राजीनामा स्वीकृत नगर्न निर्देशन दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग,प्रहरी महानिरीक्षकको सचिवालय,सबै विभाग,ब्युरो,काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सबै प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ। प्रधान कार्यालयको यो निर्देशनसँगै अर्को आदेश नभएसम्म राजीनामा स्वीकृत हुने छैन।
हालसातै काठमाडौं केन्द्रित भएर विभिन्न आन्दोलन र प्रदर्शन भएका थिए।अहिले पनि शिक्षक,आवासीय चिकित्सक,लगायत अन्य संघ,संगठन,संस्था र समूहका आन्दोलन जारी नै छन्।
राजावादिहरुले गरेको प्रदर्शन हिंसात्मक बनेपछि अहिले आन्दोलन र प्रदर्शनमा ठूलो मात्रामा प्रहरी खटाइने गरिएको छ।