वीरगञ्जमा हिन्दु र मुस्लिम समुदायबीचकाे झडपपछि कर्फ्यु जारी
काठमाडौं। पर्साको वीरगन्जमा हिन्दु र मुस्लिम समुदायबिच झडप भएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। शनिवार दिउँसो हनुमान जयन्तीको शोभायात्राका क्रममा छप्कैया चोकमा दुई पक्षबीच तनाव उत्पन्न भएको थियो।
झडपपछि वीरगञ्जको स्थिति अत्यन्तै संवेदनशील बनेको छ। वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका अनुसार अहिले पनि त्यहाँको अवस्था तनावग्रस्त नै रहेको छ । स्थिति नियन्त्रणमा लिन प्रशासनले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ।
झडपको क्रममा केही पसलहरूमा आगजनी भएको छ भने केही स्थानीय बासिन्दा र सुरक्षाकर्मी घाइते भएका छन्। अवस्था नियन्त्रणबाहिर जान नदिन वीरगञ्जका विभिन्न स्थानमा कर्फ्यु लगाइएको हो।