यस्तो रहनेछ आज दिनभरकाे माैसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, अरब सागरबाट भित्रि रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव महाशाखाले जनाएको छ ।

आज बिहान देशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । कोशी प्रदेशका इलाम र झापाका एक–दुई स्थानमा हल्का वर्षा पनि भइरहेको छ ।

यस्तै, आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशका थोरै स्थानहरु र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷ हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । आइतबार राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ ।

कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा राति पनि मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना छ । महाशाखाका अनुसार काठमाडौं उपत्यकामा पनि अपराह्नपछि हल्का वर्षाको सम्भावना रहेको छ।