तीनकुनेको घरमा आगो लगाउने पक्राउ
काठमाडौं। १५ चैतमा भएको प्रदर्शनमा तिनकुनेमा घरमा आगो लगाएको आरोपमा एक जनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका–१ का २२ वर्षीय सरोज गौतम र अछामको पञ्चदेवल नगरपालिका घर भएका २० वर्षीय गोकर्ण शाही छन्।
गौतमले तीनकुनेको घरमा आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए।
उनी एटीएफ (अनवरत तत्पर फौज)को प्रवक्ता समेत रहेको पाइएको छ। उनी तीनकुनेमा भएको प्रदर्शनको बेला दुर्गा प्रसाईंको गाडिमा झुण्डिदै अघि बढेका थिए।
पक्राउ परेका अर्का शाही भने एटीएफको सदस्य रहेको पाइएको छ। उनी माओवादी केन्द्रको पार्टी कार्यालय तोडफोड गर्ने काममा खटिएको देखिएको प्रहरीको जनाएको छ।