जग्गा बैना गर्न बोलाएर ६० लाख लुट्ने १८ जना पक्राउ

काठमाडौं । जग्गा खरिद गर्न बोलाएर ६० लाख रुपैयााँ लुटपाट गर्ने ठूलो समूहलाई प्रहरीले पक्राउ गरेको छ।जग्गा बैना गर्न भन्दै बौद्धका ४२ वर्षीय रितेश लामालाई बोलाएर चैत २७ गते मनोहरा टाउन प्लानिङस्थित नेपाल तारा स्कुलनजिकै ६० लाख रुपैयाँ लुट्ने १८ जनालाई प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा लोलाङका राज पराजुली, रामेछापका हरिराम खत्री, रामेछापकै राजेश भण्डारी र सार्की माझी, सोलुखुम्बुका कुशल बस्नेत, काभ्रेका रन्जित लामा, सुयोग लामा, रामेछापका उत्तम मगर, राजु मगर, टिकबहादुर मगर, रमेशबहादुर मगर, लवबहादुर मगर, रूपक मगर, सागर मगर, काभ्रेका दावा लामा, बाबुु तामाङ, सुजन लामा र रिवेल लामा रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले लामाले कारमा बोकेको ६० लाख रुपैयाँ लुटपाटमा संलग्न उनीहरुलाई हिजो ९आइतबार० काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको जानकारी दिए।

प्रहरीले उनीहरुका साथबाट ३० लाख रुपैयाँ, दुई स्कुटर र एउटा मोटरसाइकल बरामद गरेको छ । पक्राउ परेका सबै जनामाथि लुटपाट मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।