देश नयाँ वर्षको उल्लासमा: शिक्षक भने शिक्षाको भविष्य सुनिश्चित गर्न सडकमा

काठमाडौं। जब सारा देश नयाँ वर्षको उल्लासमा रमाइरहेको छ, हजारौँ शिक्षक भने शिक्षाको भविष्य सुनिश्चित गर्न भन्दै सडकमा उत्रिएका छन्। नेपाल शिक्षक महासङ्घको नेतृत्वमा शिक्षालाई व्यवस्थित कानुनी ढाँचामा ल्याउन माग गर्दै उनीहरूले नयाँ वर्ष २०८२ सडकमै मनाएका छन्।

माइतीघर–बानेश्वर सडक खण्डमा भेला भएका शिक्षकहरूले आफूहरू लामो समयदेखि उपेक्षित महसुस गरिरहेको गुनासो गरे । शिक्षा ऐनको अभावमा नीति तथा सेवा–सुविधाको अनिश्चितता उनीहरूको प्रमुख चिन्ता हो ।

आफूहरू नयाँ वर्ष मनाउन चियापसलमा होइन, सडकमा रहेका शिक्षक महासङ्घ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । उनले आफू विद्रोही नभएको, तर वर्षौँका आश्वासन र धोका खप्न नसक्ने बताएका छन्। नयाँ वर्षको पहिलो दिन पनि आफूहरू शिक्षा क्षेत्रको उन्नतिको लागि सडकमा रहेको सुवेदीले बताए।

२०७९ सालको अन्तिम महिनादेखि जारी आन्दोलन सोमबार १३औँ दिनमा पुगेको छ। यसबिच सरकार र महासङ्घबिच संवाद भए पनि निष्कर्ष भने निकालेको छैन। सरकाले शिक्षकका मागका विषयमा गम्भीर नभएको आरोप सरकारलाई लाग्दै आएको छ।

सरकारले शिक्षा ऐन आगामी संसद् अधिवेशनबाट ल्याउने वाचा गरिरहेको छ, तर शिक्षक विगतका अधुरो सम्झौता र अविश्वासले विश्वासमा रहेको छैन् । आन्दोलनरत शिक्षक र सरकारलाई यस पटक आफ्ना माग प्रति झुकाएरै जाने प्रतिज्ञा लिएका छन्।

शिक्षकहरू भने कागजमा लेखिएको सहमति अब भरपर्दो छैन । हामी ऐन जारी भएको देख्न चाहन्छौँ भन्दै सडमा निरन्तर आन्दोलनका कार्यक्रमहरू गरिरहेका छन्।