सुनिल राजकर्णिकारले सञ्चालनमा ल्याए अत्याधुनिक ‘जिम क्लब’

काठमाडौं। पछिल्लो समय सहरमा जिम क्लब धाउनेको संख्या बढिरहेको छ । कतिपय मानिसहरु ज्यान बनाउनकै लागि जिम धाउने गर्छन भने कतिपय स्वस्थ रहनका लागि जिम जाने गर्दछन्।

मानिसहरुको यही चाहना र आवश्यक्तालाई मध्यनजर गर्दै वल्र्ड बडिबिल्डिङ एण्ड फिजिक्यु स्पोर्टस फेडेरेसनका अन्तर्राष्ट्रिय निर्णायक सुनिल राजकर्णिकारले नयाँ वर्ष २०८२ सालको अवसरमा ‘सुनिल्स गोल्ड जिम’ क्लब सञ्चालनमा ल्याउनुभएको छ।

मानिसहरूलाई ३० वर्षभन्दा बढी समयसम्म लामो, खुसी र स्वस्थ जीवन बाँच्न मद्दत गर्ने उद्देश्यका साथ उहाँले ललितपुर महानगरपालिकाको नखिपोट–१४ मा सो जिम क्लब सञ्चालनमा ल्याउनुभएको हो। २०४९ सालदेखि नै सञ्चालनमा आएको सो जिम क्लबको क्षेत्रफल बढाएर फेरि नयाँ शैलीबाट सञ्चालन गर्नेगरी फेरि उद्घाट्न गरिएको छ।

जिम क्लबका सञ्चालक समेत रहुनभएका सुनिल राजकर्णिकार र उहाँकी श्रीमती इरेन श्रेष्ठ राजकर्णिकारले जिम क्लबको धुमधामका साथ उद्घाट्न गर्नुभएको छ। उद्घाट्न गर्दै राजकर्णिकारले आफूहरुले ग्राहकहरुको इच्छा र आवश्यकता अनुसार सेवा दिँदै आइरहेको र त्यो सेवालाई थप अत्याधुनिक बनाइने उल्लेख गर्नुभयो।

सो जिम क्लबमा अत्याधुनिक खालका सामग्रीहरु राखिएको छ। जिम क्लबमा जोकोही पनि आउन सक्ने बताइएको छ । यो ललितपुरको पहिलो जिम क्लब पनि भएकाले राजकर्णिकार परिवारले सो जिम क्लबलाई नयाँ र अत्याधुनिक सेवा दिने ध्ययेका साथ सो जिम क्लबलाई निरन्तरता दिने तयारी थालेको छ।

जिम क्लबका सञ्चालक सुनिल राजकर्णिकारले आफूहरुले सुविधासम्पन्न र दीर्घकालीन सेवा प्रवाह गर्ने उल्लेख गर्नुभयो । स्वस्थ रहन व्यायाम गर्नुपर्ने विषयलाई जोड दिँदै उहाँले आफूहरुले विगतदेखि नै यस्तो सेवा दिइरहेको बताउनुभयो।

क्लबको उद्घाट्नका क्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो। राजकर्णिकार परिवारले ललितपुर महानगरपालिका–१९ कुमारीपाटीमा पनि टाइटन जिम एण्ड फिट्नेस जिम क्लब सञ्चालन गरेर सेवा दिँदै आइरहेको छ।