आज मिति २०८२ साल बैशाख ३ गते बुधबार पशुपतिनाथको दर्शन गरि आजको राशिफल पढ्नुहोस्
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय आएको छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । प्रयत्न गरेमा अप्ठ्यारा कामहरू पनि सजिलै सम्पन्न हुनेछन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ । अघिल्लो सफलताले थप हौसला दिनेछ ।
वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- अध्ययनमा उल्लेखनीय प्रगति हुनेछ । आत्मविश्वासका साथ अघि बढ्दा आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ, साथ साथै सहयोगीहरूको साथ पनि प्राप्त हुनेछ । मनग्य धन आर्जन हुनेछ । टाढिएका परिवारजनसँग भेटघाटको अवसर मिल्नेछ ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । आयआर्जनका दृष्टिले समय लाभदायक रहनेछ । पारिवारिक आत्मीयता बढ्नेछ । वैदेशिक कार्यमा सफलता मिल्ने सम्भावना छ । मनको डर हट्दै उत्साह बढ्नेछ । टाढाको यात्रा हुने योग पनि छ ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- निरन्तर मेहनतले नयाँ अवसरहरू हात लाग्नेछन् । दैनिक जीवनशैलीमा सकारात्मक परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउने समय हो । केही खर्च लागेपनि योजना सफल हुने सम्भावना प्रबल छ । व्यवसायमा थप लगानीको अवसर जुट्नेछ ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- अनावश्यक दौडधुपमा समय बित्न सक्छ । योजनाहरू गोप्य राखेमा मात्र फाइदा पुग्नेछ । आर्थिक कारोबारमा सावधानी अपनाउनु उपयुक्त हुनेछ । दिगो फाइदा हुने क्षेत्रमा लगानी बढाउन सकिनेछ । दाम्पत्य जीवनमा मतभेद आउन सक्छ । अनुकूल स्थानान्तरण र यात्रा हुने सम्भावना पनि छ ।
कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- प्रेम र मित्रताको सम्बन्ध अझ बलियो बन्नेछ । दीर्घकालीन फाइदाका काममा हात हाल्ने उपयुक्त समय हो । तार्किक क्षमताको कदर हुनेछ र सम्मान प्राप्त हुनेछ । नयाँ लाभदायक कार्य प्रारम्भ गर्न सकिनेछ । साझेदारीबाट पनि फाइदा हुने सम्भावना छ । आयआर्जनका स्रोतहरू बढ्नेछन् ।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- आफ्नो कार्यदक्षता देखाएर विशेष उपलब्धि हासिल गर्न सकिनेछ । गुरुजन वा वरिष्ठको सहयोग प्राप्त हुनेछ । व्यवसायमा उल्लेखनीय फाइदा हुने सम्भावना छ । आम्दानीमा बृद्धि भई परिवारका आवश्यकताहरू सजिलै पूरा गर्न सकिनेछ ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु-प्रतिस्पर्धीहरूबाट सतर्क रहनु पर्ने समय छ । पहिले गरेका कामहरूको सकारात्मक परिणाम मिल्नेछ । कामको चाप कम हुने सम्भावना छ । तर फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्चमा वृद्धि भई आर्थिक चाप महसुस हुन सक्छ ।
धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- बोलीको माध्यबाट काम सम्पादन हुने सम्भावना छ । विचार र व्यवहारको आकर्षणले प्रशंसकहरू बढ्नेछन् । सुन्दर पहिरनमा सजिएर व्यक्तित्व निखार्ने अवसर मिल्नेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ने हुन सक्छ । प्रतिस्पर्धीहरूको प्रयास निष्फल बनाउँदै अवसर जोगाउन सकिनेछ।
मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- विभिन्न भौतिक साधनहरू जुट्ने समय आएको छ । उत्साहजनक समाचारले मन प्रसन्न रहनेछ । सन्तानका माध्यमबाट पनि कार्य सफल हुने सम्भावना छ । गरिएका कामहरूको उचित मूल्यांकन हुनेछ, जसले प्रसन्नता दिनेछ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- सहयोगीहरूको समर्थन नपाउँदा काममा चुनौती उत्पन्न हुन सक्छ । आर्जित धन खर्चिन सक्छ । तर आफ्नै प्रयास र लगनले फाइदा मिल्नेछ । भविष्यका लागि जग बसाउने विशेष अवसर प्राप्त हुनेछ । व्यापारमा पनि उल्लेखनीय लाभ हुनेछ ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- पुराना समस्याहरूले केही झमेला निम्त्याउन सक्छन् । दाम्पत्य जीवनमा शंका र असमझदारी बढ्न सक्छ । परिस्थिति अनुसार चल्न नसक्दा दुःख पाइनेछ । काम बिग्रिने डरले मन अस्थिर रहनेछ । बेसमयमा बचन दिनाले अप्ठ्यारो पर्न सक्छ । पशुपालन वा कृषि क्षेत्रबाट आशा अनुसारको लाभ नउठ्न सक्छ।