पाँच दिनदेखि हराइरहेको महिला खोलामा मृत भेटिइन्

सांकेतिक तस्बिर

काठमाडौं । रोल्पाको वली खोलामा एक महिलाको शब फेला परेको छ। माडी गाउँपालिका– ६ चाप्लुङ कोला घैराकी ४३ बर्षीया सुस्मिता घर्ती मगर खोलाको बीचमा घोप्टे परेको अवस्थामा मृत फेला परेकी हुन्।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले चैत २९ गतेदेखि हराइरहेकी उनको शव माडी गाउँपालिका– ५ स्थित वली खोलाको बीचमा पानीमा घोप्टो परेको अवस्थामा मंगरबार दिउँसो भेटिएको जानकारी दिए।

प्रारम्भिक अनुसन्धानबाट मगरले मदिरा सेवन गरेको र हिड्ने क्रममा सन्तुलन बिग्रन गई भिरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरी अनुमान छ। घटनाबारे थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ।