सुनको मूल्यमा भारी वृद्धि,ताेलामा कति ?
काठमाडौं। सुनको मूल्य तोलामा १ लाख ९० हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ तोकेको छ। यो मूल्य हालसम्मकै उच्च हो।
एकैदिन सुनको मूल्य ३ हजार ६ सय रुपैयाँ बढेको हो। अघिल्लो दिन प्रतितोला १ लाख ८७ हजार रुपैयाँ थियो। अमेरिका र चीनबीच व्यापारिक युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको हो। सोही प्रभाव नेपाली बजारमा परिरहेको छ।