रास्वपा सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिइन राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन्। उनले सांसदको जिम्मेवारीमै रहने भन्दै कार्यवाहक सभापति डिपी अर्याल समक्ष राजीनामा बुझाएकी हुन्।

स्रोतकाअनुसार उनले सभापति रवि लामिछाने पछिल्लो पल्ट पार्टीमा फर्किएकै दिन राजीनामा बुझाएकी हुन्। यद्यपी उनले यसबारे बोलेकी छैनन्।

सम्भवतः श्रेष्ठले आज बस्ने केन्द्रीय समिति बैठकमा राजीनामाका सम्बन्धमा आफ्नो धारणा राख्नेछिन्। आफू संसद्मा केन्द्रित रहनुपर्ने भएकाले पनि पार्टी सहमहामन्त्रीको जिम्मेवारीमा रहन नसक्ने उनको धारणा रहेको स्रोत बताउँछ।