आज मिति २०८२ साल बैशाख ५ गते शुक्रबार लक्ष्मी माताको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आर्थिक क्रियाकलापबाट फाइदा हुने संकेत छ । बौद्धिक क्षेत्रमा उपलब्धि मिल्नेछ भने बोलीको प्रभावले काम सम्पादन सहज हुनेछ । रोजगारीमा राम्रो आम्दानीको सम्भावना छ । तर, बेसुरमा दिइएको बचनले अप्ठ्यारोमा पार्न सक्छ । पढाइमा खास प्रगति नहुन सक्छ र व्यापारमा पनि सोचेजस्तो फाइदा नउठ्ने देखिन्छ । नयाँ काम थाल्न केही समय पर्खनु उपयुक्त हुनेछ ।

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- कामले धेरैलाई लाभ पुर्‍याउनेछ । सहयोगीहरूको साथ पाइनेछ । व्यक्तित्व निखारिनेछ र नयाँ अवसरहरू प्राप्त हुनेछन् । व्यापारमा मनग्य फाइदा हुनेछ, आँटेका काम तुरुन्तै सम्पन्न हुनेछन् । भविष्यमा लाभ हुने क्षेत्रमा लगानीको मौका मिल्नेछ । विभिन्न सहयोग र उपहार पनि प्राप्त हुने सम्भावना छ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- बिछोडिएका परिवारजनसँग भेटघाटको सम्भावना छ । अघिल्ला कमजोरी सुधार्दै लाभ लिन सकिनेछ । अनावश्यक यात्रा हुन सक्छ भने स्वास्थ्यमा पनि केही समस्या देखिनेछ । उपचारमा खर्च बढ्न सक्छ । तर, परिश्रम गरे राम्रो प्रतिफल प्राप्त हुनेछ । रोकिएका काम बन्नेछन्, नयाँ काम थालनीको राम्रो समय छ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- धेरै प्रयास गर्दा पनि ठूला उपलब्धि पाउन कठिन हुनेछ । परिवारजनबाट टाढिनुपर्ने अवस्था आउन सक्छ । आफ्नै कमजोरीले विवादमा पर्न सकिने सम्भावना छ । विश्वास गरेका व्यक्तिहरूबाट धोका पाउन सकिन्छ, सतर्क रहनुहोला । खर्च बढ्ने भएपनि उद्योग र व्यापारबाट फाइदा मिल्नेछ । प्रतिस्पर्धामा जित निकाल्न सकिनेछ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- रमाइलो जमघटमा स्वादिष्ट भोजनको मजा लिन सकिनेछ । अघिल्ला सफलताले नयाँ उत्साह प्रदान गर्नेछ । यद्यपि विद्यामा कमजोरी देखिन सक्छ र लेनदेनमा विवाद उत्पन्न हुन सक्छ । सानातिना समस्या सताउन सक्छन् । तर, रोकिएका काम बन्ने भएकाले आशा र उत्साह बढ्नेछ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- नयाँ फाइदाजनक कामको थालनी गर्न अनुकूल समय छ । गरिएका कामको उचित मूल्यांकन हुनेछ। भौतिक साधन जुट्ने सम्भावना छ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । कला, साहित्य र मनोरञ्जनमा रुचि बढ्नेछ । तथापि, केही कार्यहरू समयमै सम्पन्न नहुन सक्छन्, आत्मविश्वासमा कमी महसुस हुन सक्छ ।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- कृषि क्षेत्रमा कामको चाप बढ्नेछ, चौपायामा समस्या आउन सक्छ । तर, परिश्रम गरे अपेक्षित धन आर्जन गर्न सकिनेछ । रमाइलो यात्राको अवसर जुट्नेछ र कामको चापबाट फुर्सद पाइनेछ । सुख दुस्खमा साथ दिने व्यक्तिहरू भेटिनेछन् ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- नयाँ दीर्घकालीन योजना सुरु गर्न अनुकूल समय हो । साझेदारीमा लाभ मिल्नेछ । आम्दानीका नयाँ स्रोत खुल्नेछ । यद्यपि, अरूका काममा समय बित्न सक्छ र मिहिनेतको आवश्यकता हुनेछ । काम पूरा नहुँदा मन खिन्न हुन सक्छ । प्रियजनहरू टाढिन सक्छन्।

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- होस नपुग्दा अवसर गुम्न सक्छ । केही दौडधुप गर्नुपर्ने अवस्था आउनेछ । परिश्रम गरे पनि तुरुन्तै फाइदा नहुन सक्छ। सवारी साधन चलाउँदा विशेष सतर्कता अपनाउनुहोला । दीर्घकालीन रूपमा लाभ हुने काममा हात हाल्न सकिने समय हो। तार्किक क्षमता बलियो हुनेछ।

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- नयाँ कामको प्रस्ताव आउनेछ, सहयोगीहरूको साथ पाइनेछ । राम्रो आम्दानी हुने सम्भावना छ । व्यवसायमा विशेष फाइदा हुनेछ । इच्छा अनुसार लगानी गर्न सकिनेछ । तर, ईर्ष्या गर्नेहरूले अवरोध गर्न सक्ने भएकाले सजग रहनुहोला।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- रोकिएका काम बन्नेछ, नयाँ काम सुरु गर्न सकिने समय हो । उद्योग र व्यापारमा विशेष फाइदा मिल्नेछ । परिवारको साथले काममा उत्साह मिल्नेछ । प्रेम र मित्रताको सम्बन्ध बलियो हुनेछ । श्रद्धा, धर्म र परोपकारमा मन जानेछ । यद्यपि, स्वास्थ्यमा कमजोरी अनुभव हुन सक्छ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- विभिन्न अवसर प्राप्त हुने समय हो । दैनिकीमा सकारात्मक परिवर्तन आउनेछ । तर, स्वास्थ्य समस्याले काममा ढिलासुस्ती हुन सक्छ । सानातिना कामले समय खानेछ । अप्रिय समाचारले मन खिन्न हुन सक्छ । यात्रा गर्ने योजना बन्न सक्छ।