आज तीन संसदीय समितिको बैठक बस्दै
काठमाडौं। संघीय संसद्अन्तर्गत तीन संसदीय समितिको बैठक शुक्रबार बस्ने भएको छ। प्रतिनिधिसभाका दुई र राष्ट्रिय सभाका एक समितिको बैठक बस्न लागेको हो।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिको मस्यौदा वार्षिक प्रतिवेदन, २०८१/०८२ माथि छलफल गर्ने कार्यसूची छ। बैठक बिहान ११ बजे बस्नेछ।
बिहान ११ बजे नै बस्ने राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमा छलफल हुनेछ ।
विधायन व्यवस्थापन समितिको बैठकमा संविधानअनुसार बन्न बाँकी कानूनको सम्बन्धमा कानून मन्त्रालयसँग छलफल हुने तय भएको छ। दिउँसो १ बजे बस्ने छ।