प्रहरीका ६ डीआईजी एआईजीमा बढुवा सिफारिस
काठमाडौं। नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्।
बिहीबार गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिले ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। बढुवा सिफारिस सूची अनुसार पहिलो नम्बरमा चन्द्रकुवेर खापुङ रहेका छन्।
त्यस्तै एआईजी बढुवा सिफारिसको सुचीमा लालमणी आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डाक्टर मनोज केसी रहेका छन्।
वसन्त कुवर अवकाशमा गएपछि एआइजी दिपक थापा प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा र कुवरका ब्याचमेट एआईजीहरु टेक राई, बुद्धि गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई अनिर्वाय अवकाशमा गएसँगै नेपाल प्रहरीमा एआइजीको ६ दरबन्दी रिक्त थियो।