सुनको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुनको मूल्य शुक्रबार घटेको छ।
अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँ मूल्य घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकेको छ।
अघिल्लो दिन १ लाख ९० हजार ६ सय रुपैयाँ थियो। त्यस्तै चाँदीको मूल्य स्थिर छ। चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ।