संविधानको रक्षाका लागि तयार बस्न सुरक्षा निकायलाई गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान रक्षाका लागि तयार बस्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।शुक्रबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्टी उद्घाटन गर्दै उनले संविधान च्यात्ने र भत्काउने प्रयत्न भएकाले त्यसको सुरक्षाका लागि तयार भएर बस्न निर्देशन दिएका हुन्।
‘संविधान च्यात्ने, भत्काउने, फाल्ने कोसिस भइरहेका छन्। यो कुनै हालतमा सैह्य हुन सक्दैन। क्षम्य हुँदैन,उनले भने, ‘त्यसकारण सुरक्षा निकायका साथीहरू संविधानका रक्षाका लागि तयार हुनुस्।
संविधानभित्रै बसेर विरोध गर्न पाइने तर लोकतान्त्रिक गणतन्त्रको संविधानलाई नै समाप्त गर्न नपाइने उनको भनाई थियो।
‘आफूलाई मन नपरेको राजनीतिक दल, नेता, सांसद, मन्त्री र प्रधानमन्त्रीसम्मको विरोध गर्न पाइन्छ, उनले भने,तर लोकतन्त्रिक र गणतन्त्रात्मक संविधानलाई समाप्त गर्छु भन्न पाइँदैन। च्यात्न पाइँदैन। फाल्न पाइँदैन।