प्रधानमन्त्री र सभामुखसँगको छलफलपछि महासंघले बोलायो बैठक,सरकारको ललिपमा फेरि पनि फस्दै शिक्षक
काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी ओली र सभामुख देवराज घिमिरेसँग छलफल भएपछि आज महासंघले बैठक बोलाएको हो ।
आज दिउसो ३ः १५ बजे मध्यबानेश्वर स्थित रत्नराज्य मााविमा बस्ने भएको बैठकमा समसामयिक विषयमा छलफल हुने अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
बैठकमा महासंघका राष्ट्रिय समितिका सदस्यहरू,आबद्ध संस्थाका अध्यक्ष र महासचिवहरू, प्रदेश आन्दोलन परिचालन समितिका संयोजक, सहसंयोजक र सचिव तथा जिल्ला आन्दोलन परिचालन संयोजकहरूलाई बोलाइएको छ।
हिजो मध्यरातमा प्रधानमन्त्री ओली र सभामुख घिमिरेसँग छलफल भएको थियो। राती ९ बजेदेखि प्रधानमन्त्रीसँग भएको छलफल करिब २ घण्टा चलेको थियो भने राति नै ११ः ३० बजे सभामुख घिमिरेसँग भेट भएको थियो।
त्यस्तै आफ्ना माग पुरा नभएसम्म आन्दोलन नरोक्ने र सरकारको ललिपवमा नफस्ने भन्ने निर्णय गरेको शिक्षक महासंघले अन्तत प्रधानमन्त्री र सभामुखसँगको भेटपछि भने बैठक बसेर निर्णय गर्ने भनेको छ। केही दिनदेखिको शिक्षक आन्दोलन प्रति विरोधका आवाज उठ्न थालेपछि वार्ताको लागि महासंघ तयार भएको बुझिएको छ।