नेपाल र अफगानिस्तानबीचको खेल रद्द,नेपाल विश्वकपमा छनोट हुन असफल

काठमाडौं। आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तान बीचको निर्णायक‌ खेल रद्द हुँदा नेपाल विश्वकप खेल्नबाट वञ्चित भएको छ।

आज विहान भएको वर्षाका कारण मैदानमा असर पुगेको थियो । करिब ५ घण्टासम्म मैदान सुकाउने काम गरिएको भएपनि मैदानको केही भाग निकै खराब अवस्थामा रहेकाले अम्पायरले ३ पटकको निरीक्षणपछि खेल नखेलाउने निर्णय गरे।

समूह चरणमा दुवै टोलीले समान ३(३ खेल जितेका थिए। अफगानिस्तान नेट रनरेटमा अगाडि रहेकाले आजको खेलमा अंक बाँडिदा समान ७(७ अंक भएपनि नेट रनरेटकै कारण अफगानिस्तान अगाडि बढ्यो।