आज मिति २०८२ साल बैशाख ७ गते आइतबार सूर्य देव भगवानको दर्शन गर्नुहोस् र राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- शारीरिक कमजोरीले चिन्ता बढ्न सक्छ । अरूका काममा बढी समय र बुद्धि खर्चिनुपर्ने देखिन्छ । श्रम अनुसारको मूल्य पाउन कठिन हुनेछ । स्वास्थ्य सम्बन्धी समस्याले उपचारमा खर्च बढाउन सक्छ । मुख्य काममा अवरोध आउन सक्छ भने सामान्य काममा अल्झिनुपर्दा मन खिन्न रहनेछ । यद्यपि, तपाईंको मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सिलसिलामा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्ने संकेत छ ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- प्रयत्न गरेमा राम्रो अवसर हात पार्न सकिनेछ । यात्राबाट विशेष लाभ प्राप्त हुने सम्भावना छ । रोग र शत्रुबाट छुटकारा मिल्नेछ । यद्यपि, ठूला आश्वासन दिनेहरूले भ्रममा पार्न सक्छन्, र केही चुनौतीपूर्ण परिस्थिति आउन सक्छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउने सम्भावना भएकाले सजग रहनुहोस्। आमाको सहयोग वा सल्लाहबाट महत्वपूर्ण काम बन्नेछ । महत्वाकांक्षी योजनालाई गोप्य राख्नु उपयुक्त हुनेछ । धन र जनदुवैमा बृद्धि हुने संकेत छन् ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा-आम्दानीको स्रोत प्रशस्त रहनेछ । समाजमा सम्मान र सत्कार प्राप्त हुनेछ । प्रेम सम्बन्ध थप मजबुत बन्नेछ भने दाम्पत्य जीवन सुखद र समृद्ध बन्ने सम्भावना छ । प्रतिस्पर्धीहरू परास्त हुनेछन् र ईर्ष्यालुहरूले तपाईंको मेहनतबाट पाठ सिक्नेछन् । स्रोतसाधन जुट्नाले दीर्घकालीन लाभ मिल्नेछ । सानो प्रयत्नबाट पनि उल्लेखनीय उपलब्धि प्राप्त गर्न सकिनेछ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- सवारीसाधन प्रयोग गर्दा सावधानी अपनाउनुहोस् । समग्रमा दिन उत्साहपूर्ण रहनेछ र व्यावसायिक यात्रा सफल हुने संकेत छ । मेहनत अनुसार सामान्य आम्दानी भइरहनेछ भने व्यवसायबाट पनि लाभ मिल्नेछ । तर यात्रा गर्दा धनमाल हराउने सम्भावना रहेकाले सजग रहनुहोस् । बोलीको गलत अर्थ लाग्न सक्ने भएकाले विचारपूर्वक अभिव्यक्ति दिनुहोला।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- इच्छाशक्ति बलियो रहनेछ र चिताएको काम सजिलै पूरा हुनेछ। परम्परागत सोचमा समयअनुसार परिवर्तन गर्न सकिनेछ। यद्यपि, स्वास्थ्यमा कमजोरीको अनुभूति हुने सम्भावना छ, जसले काममा ढिलासुस्ती ल्याउन सक्छ। पढाइमा पनि अपेक्षित प्रगति नहुन सक्छ। तर, प्रयत्न गरेमा विगतका कमजोरी सुधार्ने अवसर मिल्नेछ ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- केही बाध्यताका कामहरूमा लाग्नुपर्ने हुन सक्छ । सानो विवादमा पनि परिने सम्भावना रहेकाले सजग रहनुहोस् । आलस्यको बानीले समस्या ल्याउन सक्छ, तर मेहनतीहरूका लागि दिन उत्साहजनक रहनेछ । प्रयत्न गरेमा लक्ष्य सजिलै प्राप्त गर्न सकिनेछ। प्रतिस्पर्धीहरू परास्त हुनेछन् ।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- मुद्दा–मामिलामा विजय प्राप्त हुने योग छ । व्यापार तथा उद्योगतर्फ सामान्य लाभ मिल्नेछ । यद्यपि, योजना कार्यान्वयनमा अधिक मेहनत गर्नुपर्नेछ । सोचेजति लाभ नउठे पनि प्रशस्त धन आर्जनको अवसर प्राप्त हुनेछ ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- अधिकारको लागि संघर्ष गर्नुपर्ने हुन सक्छ । प्रतिस्पर्धीहरूले तपाईंलाई अप्ठ्यारोमा पार्न खोज्न सक्छन् । परिस्थिति अलि प्रतिकूल देखिए पनि धैर्य राख्दा फाइदा हुनेछ । पशुपालन र कृषिमा अपेक्षित लाभ नहुन सक्छ । साझेदारीमा पनि समस्या देखिन सक्छ ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- आयआर्जनका नयाँ स्रोत खुल्नेछन् र व्यापारमा पनि उल्लेखनीय लाभ मिल्नेछ । विभिन्न भौतिक सुविधा जुट्नाले खुशीको अनुभूति हुनेछ । तर, आफन्तहरूसँग असमझदारी बढ्न सक्छ । बाध्यताका काममा अलमलिनुपर्ने स्थिति आउन सक्छ । पति–पत्नीबीच विश्वासको कमी देखिन सक्छ । कृषिमा भने फाइदा हुने योग छ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- आम्दानी बढ्नेछ र परिवारका आवश्यकताहरू पूरा गर्न सकिनेछ। दीर्घकालीन फाइदाका लागि लगानी गर्न सकिने समय हो। रमाइलो क्षणमा खिन्नता छाउने सम्भावना छ। सोचेजस्तो लाभ नमिल्न सक्छ। यद्यपि, केही अप्ठ्यारो काम सहजै बन्नेछ। प्रेम र मित्रताको बन्धन बलियो बन्ने समय हो।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- बौद्धिक क्षमताबाट प्रशस्त धन लाभ हुने समय हो । तपाईंको प्रतिभा अरूले पनि चिन्न सक्नेछन् । गुरुजनको सहयोग प्राप्त हुनेछ र अध्ययनमा प्रगति हुनेछ। यद्यपि, पहिलेका सम्झौता भंग हुन सक्ने संकेत छन् । अरूका लागि उपयोग भइने सम्भावना रहेकाले आफ्नो सीमाना पहिचान गर्नुहोस् । शुभचिन्तकहरूको साथबाट विभिन्न अवसर प्राप्त हुनेछन् ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने समय हो। तपाईंका कामहरूले कीर्तिमान कायम गर्न सक्ने सम्भावना छ । यद्यपि, सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनुहोस् । सहयोगीहरूमा अत्यधिक भरोसा गर्नु उपयुक्त नहुन सक्छ । सजग रहँदा चिताएको काम सम्पन्न हुनेछ।