अमेरिकाबाट ‘डिपोर्ट’ भएका थप ३ नेपाली काठमाडौं आइपुगे
काठमाडौं । अमेरिकाले ‘डिपोर्ट’ गरेका थप तीनजना नेपाली काठमाडौं आइपुगेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुसार डिपोर्ट भएका उनीहरु अमेरिकी चार्टर्ड विमानमार्फत् शनिबार काठमाडौं झरेका हुन् ।
निष्कासित हुनेमा चापागाईं, चौधरी र बुढा थरका एक–एक जना रहेका अध्यागमन कार्यालयले जनाएको छ । यसअघि गएको फागुन २१ गते अमेरिकाले डिपोर्ट गरेका आठजना र त्यसअघि पनि २७ जना नेपालीलाई लिएर अमेरिकी चार्टर्ड विमान नेपाल आएको थियो ।
डिपोर्ट भएका नेपालीलाई अमेरिकाको कानुन अनुसार अमेरिकाले नै कारबाही र जरिवाना गर्ने भएकाले नेपालमा भने उनीहरुलाई कुनै कारबाही हुने छैन । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि अवैध रुपमा अमेरिका प्रवेश गरेका विभिन्न देशका आप्रवासीलाई अमेरिकी प्रशासनले देश निकाला गरिरहेको छ।