आज शिक्षकहरुको आन्दोलन बिहानैदेखि

काठमाडौं । शिक्षकहरुले आज अहिले बिहान ९ बजेदेखि नै प्रदर्शन गर्ने भएका छन् । राप्रपाको प्रदर्शनलाई दृष्टिगत गर्दै आज शिक्षक आन्दोलनको दैनिक तालिकाअगावै प्रदर्शन हुने भएको हो ।

शिक्षक महासंघले आन्दोलनमा सहभागी शिक्षकहरूलाई बिहान ९ बजेभित्र हाजिर भइसक्न र १२ बजेअघि प्रदर्शन स्थल छोडिसक्न आह्वान गरेको छ । अन्य दिन उक्त आन्दोलनका कारण दिउँसो १२ बजेदेखि ३ बजेसम्म माइतीघर मण्डला–नयाँ बानेश्वर सडकखण्ड अवरुद्ध हुँदै आएको थियो।

आज बिहान ९ बजेदेखि नै उक्त सडक खण्ड अवरुद्ध हुँदा कार्यालय समयको ट्राफिक व्यवस्थापन प्रभावित हुने भएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज बिहानदेखि नै नयाँ बानेश्वर–माइतीघर सडकको डाइभर्सन गर्दैछ । उक्त रुटको विकल्पमा हनुमानस्थान–थापागाउँ खण्ड प्रयोग गरिने भएको छ ।