गाडीको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा फोर्स गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। रत्न राजमार्ग अन्तरगत फोरलेन सडकस्थित रेडियो नेपाल नजिकै कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको गाडीले जुम्लाको हिमा गाउँपालिकाका अन्दाजी ५५ वर्षीय कालीबहादुर बुढालाई ठक्कर दिएको थियो।
घाइते भएका बुढाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । गाडी र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।