आज सुनको मूल्य स्थिर, तोलामा कति ?
काठमाडौं। नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन शुक्रबारकै मूल्य प्रतितोला एक लाख ९० हजार ८०० रुपैयाँ कायम भएको हो।
यस्तै, चाँदी एक हजार ९६० कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंसत तीन हजार ३१५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।