बैंकहरूको नाफा बढ्यो,कुन बैंकको कति ?
काठमाडौं ।वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।
गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४० अर्ब ६८ करोड रुपैयाँ थियो। एक वर्षको समीक्षा अवधिमा बैंकहरुको नाफा जम्मा १.४० प्रतिशत बढेको हो। ११ बैंकको नाफा पोहोरको तुलनामा बढेको छ भने ९ को घटेको छ।
सार्वजनिक विवरणअनुसार नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ५ करोड खुद नाफा कमाएको छ।
यद्यपि वृद्धिदरका आधारमा भने नेपाल बैंकले सबैभन्दा धेरै नाफा बढाउन सफल भएको छ। सो बैंकको नाफा २१ गुणा बढेको छ। त्यस्तै एनआईसी एसिया बैंकको नाफा सबैभन्दा धेरै घटेको छ। सो बैंकको नाफा ९१.८ प्रतिशत घटेको छ।
कुन बैंकको नाफा कति ?
बैंक नाफा चैत ०८१ नाफा, चैत ०८० वृद्धिदर प्रतिशत
नबिल – ५ अर्ब ५ करोड – ४ अर्ब ६६ करोड – ८.२१
ग्लोबल आईएमई – ४ अर्ब ५३ करोड – ३ अर्ब ३० करोड – ३७.१२
एनआईएमबी-४ अर्ब ५४ करोड- ३ अर्ब २७ करोड – ३८.६१
एनएमबी -२ अर्ब ३७ करोड- २ अर्ब २४ करोड – ५.८८
एभरेस्ट- ३ अर्ब ४५ करोड- २ अर्ब ६० करोड- ३२.५५
एनआईसी एसिया- १५ करोड- १ अर्ब ९१ करोड –९१.८१
कृषि विकास- १ अर्ब ८४ करोड- २ अर्ब ५ करोड –१०.१६
प्राइम- २ अर्ब २२ करोड- २ अर्ब ८७ करोड –२२.५५
स्टान्डर्ड चार्टर्ड- २ अर्ब १७ करोड- २ अर्ब ४४ करोड –११.१७
नेपाल एसबीआई- १ अर्ब २० करोड- १ अर्ब १६ करोड- ३.३५
सिटिजन्स- ९६ करोड- १ अर्ब २१ करोड –२०.५९
सानिमा-१ अर्ब ६५ करोड- १ अर्ब ४३ करोड- १४.७९
माछापुच्छ्रे- १ अर्ब १० करोड- ८५ करोड- २८.८९
कुमारी- २८ करोड- १ अर्ब ५ करोड –७२.८५
नेपाल- २ अर्ब ७८ करोड- १३ करोड- २०३२.७९
सिद्धार्थ- १ अर्ब ६६ करोड- १ अर्ब ६८ करोड –०.९३
लक्ष्मी सनराइज- १ अर्ब ६५ करोड- १ अर्ब ६१ करोड- २.२४
हिमालयन- ५० करोड- १ अर्ब ९४ करोड –७४.३३
प्रभु- १ अर्ब ८७ करोड -१ अर्ब ८१ करोड- ३.५०
राष्ट्रिय वाणिज्य- १ अर्ब २० करोड- २ अर्ब ३७ करोड –४९.२८