राप्रपा अध्यक्ष लिङ्देन सिंहदरबारबाट पक्राउ
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरू सिंहदरबारबाट पक्राउ परेका छन्।
सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि अहिले प्रहरीले नेताहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नुअघि पार्टीको संसदीय दलको कार्यालयमा लिङ्देनसहितका नेताहरूलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो । यद्यपि उनीहरू बाहिर निस्किएर सिंहदरबारबाहिर निस्कन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
अन्य नेताहरू भने प्रदर्शन गरिरहेका छन्। लिङ्देनसहितका नेताहरूले सिंहदरबारभित्रै पर्चा र पम्प्लेटसहित प्रदर्शन गर्न खोजेका थिए। सो क्रममा प्रहरीले पर्चा र पम्लेटहरू पनि खोसेको थियो।
पक्राउ पर्नेमा नेताहरू ज्ञानेन्द्र शाहीसमेत छन्। उनीहरूलाई भ्यानमा हालेर प्रहरीले लगेको छ।