आज मिति २०८२ साल बैशाख ०८ गते सोमबार पाथिभरा माताको दर्शन गरि आजको राशिफल पढ्नुहोस्
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- नयाँ कामको प्रस्ताव आउन सक्छ, तर हिम्मत नहुँदा केही अवसर चुक्ने सम्भावना छ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । दीर्घकालीन फाइदा हुने काम सुरु गर्न उपयुक्त समय हो । तार्किक क्षमताले मानसम्मान प्राप्त हुन सक्छ । भाग्यले अपेक्षाभन्दा बढी साथ दिनेछ । चुनौतीहरू आफैं हट्दै जानेछन् भने कर्मयोग र आम्दानीले साथ दिनेछ ।
वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- आज तपाईंले सोचेको काम सफलतापूर्वक सम्पन्न हुनेछ । साथै अन्न लाभको सम्भावना पनि देखिन्छ । तर, नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भएपनि आफ्ना लागि परिस्थिति प्रतिकूल बन्नेछ । प्रतिस्पर्धामा केही कमजोर सावित हुन सकिन्छ । आफन्तबाट टाढिनुपर्ने अवस्था आउन सक्छ ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- नसोचेको ठाउँबाट धन लाभ हुने सम्भावना छ । तर, केही बाध्यताका कारण मन परेको काम रोकिन सक्छ । आज काम बिग्रने डरले सताउन सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पर्न सक्छ । महत्वाकांक्षी योजना गोप्य राख्नु उत्तम हुनेछ । व्यवसायमा लगानी बढाउनु पर्ने समय आएको छ । आफ्नै कमजोरीले विवादमा तानिन सकिन्छ, सजग रहनुहोस् ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- आज धन लाभको सम्भावना छ । साथै टाढाको यात्राको योग पनि देखिन्छ । दिन रमाइलोसँग बित्नेछ । कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ । आमाको माध्यमबाट पारिवारिक काम बन्न सक्छ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा प्राप्त गर्ने समय हो । सहयोगीहरूबाट राम्रो फाइदा मिल्नेछ ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- मसलाजन्य खाना प्रति विशेष सावधानी अपनाउनुहोस्, स्वास्थ्यमा समस्या आउन सक्छ । पारिवारिक भेटघाटको समय हुनेछ । विशिष्ट व्यक्तित्वसँग भेट हुने सम्भावना छ । ठूलो फाइदाको आश्वासन पाइनेछ । विशेष योजनाहरू बन्नेछन् । टाढिएका साथीभाइ नजिकिँदा मन हर्षित हुनेछ । धेरैले तपाईंको कामको प्रशंसा गर्नेछन् ।
कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- राम्रो कर्मफल प्राप्त भएकाले मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व प्राप्त हुन सक्छ । तर, असंयमित व्यवहारले सम्बन्ध बिग्रन सक्छ, सतर्क रहनुहोस् । बलभन्दा बुद्धिको प्रयोग गर्दा फाइदा हुनेछ । अनायसै धन खर्चिनुपर्ने परिस्थिति आउन सक्छ । आम्दानीमा बाधा पुर्याउनेहरू सक्रिय हुन सक्छन् । अपेक्षाभन्दा कम फाइदा मिल्ने सम्भावना छ ।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- पारिवारिक जमघटमा मन रमाउनेछ । तर, भेटघाटको अलमलले केही हानि पुर्याउन सक्छ । प्रतिस्पर्धीहरू परास्त हुनेछन् । सहयोगीहरूबाट साथ पाउनेछ र काममा अपेक्षित सफलता मिल्नेछ । अवसर आएपनि त्यसबाट पूर्ण लाभ उठाउन कठिन हुन सक्छ । ठूलो प्रयत्न गरे पनि सामान्य फाइदा मात्र प्राप्त हुनेछ । आजको लाभांश दीर्घकालीन रूपमा सुरक्षित रहन नसक्ने सम्भावना छ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- अवसरको खोजीमा केही दौडधुप गर्नुपर्नेछ । लगानी गर्न अनुकूल समय हो । विदेश भ्रमणको योजना बनाउने उपयुक्त समय हो । प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साहमा वृद्धि हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ ।
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- मेहनतले प्रशस्त लाभ प्राप्त हुनेछ । व्यापारमा पनि राम्रो फाइदा मिल्नेछ । विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त हुन सक्छ । तर, सहयोगीहरूबाट धोका पाउने सम्भावना रहेकोले सतर्क रहनुहोस् । काममा आलस्यको भावना आउन सक्छ र खर्च बढ्ने सम्भावना छ । निश्चय भएको काम अचानक विफल हुन सक्छ, सचेत रहनुहोस्।
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- लाभदायक काम सुरु गर्ने समय हो । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीबाट पनि फाइदा हुनेछ । उपहारका रूपमा बिग्रेको वस्तु प्राप्त हुन सक्छ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । तर, पेट सम्बन्धी समस्या सताउन सक्छ । प्राप्त फाइदा अपेक्षा अनुसार नहुँदा मन खिन्न हुन सक्छ ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- अध्ययनमा ध्यान नजाए पनि आत्म–विश्वास बढ्नेछ । रोकिएका कामहरू बिस्तारै सम्पन्न हुनेछन् । नयाँ अवसरहरू प्राप्त हुनेछन् । बोलीको प्रभाव बढ्नेछ र कार्यसम्पादनमा निपुणता देखिनेछ । तर, अनावश्यक विवादमा तानिन सक्ने समय हो । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, च- होसियारीपूर्वक काम गर्नु पर्ने समय हो । फाइदाको पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । सानो प्रयासले पनि राम्रो फाइदा प्राप्त गर्न सकिनेछ । कृषि कर्म र व्यावसायिक काममा मनग्य लाभ हुनेछ । भूमि, सवारी साधन र पैत्रिक सम्पत्तिबाट लाभ हुनेछ । व्यापारमा पनि प्रशस्त फाइदा प्राप्त हुनेछ ।