५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ

काठमाडौं। संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिविरुद्ध दायर रिटमाथि आज पनि सुनुवाइ हुँदैछ।

हिजो आइतबारदेखि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको संवैधानिक इजलासमा सुरु भएको सुनुवाइमा महान्यायाधिवक्ता रमेश बडालले सरकारको बचाउ गर्दै बहस गरेका थिए। आज पनि उनले नै थप बहस गर्नेछन्। त्यसपछि संवैधानिक निकायका कानुन व्यवसायीहरूले बहस गर्नेछन्।

यस मुद्दालाई किनारा लगाउने उद्देश्यले संवैधानिक नियुक्तिविरुद्धका १५ वटै रिट एकै ठाउँमा राखेर आइतबारदेखि सुनुवाइ थालिएको हो।