रविको रिहाइ माग गरिएको रिटमा आज सुनुवाइ गरिँदै

फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा आज सुनुवाइ गरिँदै छ।

सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा राखिएका लामिछानेले आफूलाई गैरकानुनी थुनामा राखेको दाबी गर्दै रिहाइ गरिनुपर्ने माग गरी श्रीमती निकिता पौडेलमार्फत आइतबार प्रत्यक्षीकरणको रिट दर्ता गराएका हुन्।

उक्त निवेदनको प्रारम्भिक सुनुवाइ गर्न सोमबारका लागि पेसी तोकिएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ। बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटी माग गरेको थियो।

उनी माघ १४ गते १ करोड धरौटी बुझाएर रिहा भएका थिए। तर, उक्त आदेश चित्त नबुझाउँदै उनी साधारण तारेखमा छाड्नुपर्ने मागसहित उच्च गएका थिए।

तर, उच्च अदालतले लामिछानेको बयान पत्यार लाग्दो नभएको भन्दै धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश बदर गरेपछि उनी पक्राउ परेर हाल रुपन्देही प्रहरीको हिरासतमा छन्।