ट्याक्टर दुर्घटनामा चालकसहित ४ जनाको मृत्यु

काठमाडौं । कालीकोटमा ट्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको छ। पलाँता गाउँपालिकाको थिर्पुबाट छ्लाहा जाँदै गरेको ट्याक्टर पलाँता गाउँपालिका–२ राडुनेटा नजिक दुर्घटना हुँदा चालकसहित चार जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेहरुमा पलाँता गाउँपालिका–५का अम्मा शाही, पलाँता गाउँपालिका–४ ३२ वर्षीय शदु बुढा, पलाँता गाउँपाालिका–४ का अन्दाजी २१ रविन्द्र वि।क र ट्याक्टर चालक मुगुको खत्याड गाउँपालिका–५ का २० वर्षीय चन्द्रप्रकाश रोकाया रहेका छन्।

ट्याक्टर सडकबाट अन्दाजी २ सय मिटर लत भीरमा खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी टेकबहादुर रावतले जानकारी दिए। प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउने सबैको शव अहिले पनि घटनास्थलमै छ।