न्यायाधीश नियुक्ति गर्न परिषदको बैठक बस्दै

काठमाडौं । न्याय परिषदको बैठक आज पनि बस्दैछ। न्यायाधीश नियुक्ति गर्न आइतबार बसेको बैठक बिनानिष्कर्ष सकिएपछि आज (सोमबार) पनि बैठक बस्न लागेको हो।

स्रोतका अनुसार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठक न्यायाधीश नियुक्ति नगरी टुंगिएको थियो। नेपाल बार एसोसियसनमा नयाँ नेतृत्व आएसँगै न्यायाधीश नियुक्तिका लागि प्रधानन्यायाधीश सक्रिय भएका हुन्। हाल देशभर जिल्ला, उच्च र सर्वोच्च अदालतमा ३३ न्यायाधीश रिक्त छन्।

प्रधानन्यायाधीश राउत अध्यक्ष रहेको परिषदमा सदस्यहरू कानूनमन्त्री अजयकुमार चौरासिया, वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधान र वरिष्ठ अधिवक्ताहरू रामप्रसाद भण्डारी, दामोदर खड्का तथा सदस्यसचिव यमबहादुर बुढा मगर छन्।