शङ्खरापुरमा श्रीमतीको हत्या, श्रीमान फरार

काठमाडौं । काठमाडौंको शंखरापुरमा एक महिलाको हत्या भएको छ। रामेछापको खाँडादेवी गाउँपालिका–७ घर भई शंखरापुर नगरपालिका–९ स्थित सानागाउँ बस्ने पुतली तामाङको खुकुरी प्रहार गरी हत्या भएको हो।

मृतकका श्रीमान् पदमबहादुर तामाङ फरार छन्। गएराति साढे ९ बजेतिर श्रीमतीको हत्या गरेपछि ५८ वर्षीय पदम भागेका हुन्।

घटनास्थलमा मृतकका ११ वर्षका छोरा र १० वर्षीया छोरीपनि घाइते अवस्थामा भेटिएका छन्। उनीहरूलाई उपचारको लागी ट्रमा सेन्टरमा भर्ना गरिएको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।