सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १२०० रुपैयाँ बढेको हो।

आइतबार १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज सोमबार प्रतितोला १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ। जुन मूल्य हालसम्मकै उच्च हो।

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ।