सुदूरपश्चिमका मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीले भेटे प्रधानमन्त्री
काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर मुख्यमन्त्री शाह र पूर्वमूल्यमन्त्री रावलले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्। उनीहरुबीचको भेटवार्तामा प्रदेशको विकास र संवृद्धिबारे छलफल भएको बताइएको छ।
मुख्यमन्त्री शाहले प्रदेश सरकारले आगामी असोज १ र २ गते गर्न लागेको लगानी तथा विकास सम्मेलन तयारीका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए। त्यस्तै आर्थिक वर्ष २०८२÷८३ को बजेटमा सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राख्न मुख्यमन्त्री शाहले आग्रह गरेका थिए।