लेनिनको १५६औं जन्मजयन्ती र नेपाल कम्युनिष्ट पार्टीको ७७औं स्थापना दिवस मनाइँदै

काठमाडौं। आज २२ अप्रिल, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको इतिहासमा एक महत्वपूर्ण दिन। विश्व सर्वहारा वर्ग र उत्पीडित जनसमुदायले संसारभर लेनिनवादका प्रवर्तक भ्लादिमिर इलिच लेनिनको १५६औं जन्म दिवस धुमधामका साथ मनाउँदैछन्। सन् १८७० अप्रिल २२ मा रुसको सिम्बिर्स्कमा जन्मिएका लेनिनले विश्व कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए।
 
यही दिन नेपालमा पनि विशेष महत्व राख्दछ। सन् १९४९ अप्रिल २२ (वि.सं.२००६ साल बैशाख १० गते) मा कमरेड पुष्पलालको पहलकदमी र नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो। आज नेपालभर ७७औं नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइँदैछ।
 
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले एक विज्ञप्ति जारी गर्दै यस ऐतिहासिक अवसरमा ऐक्यबद्धता जाहेर गरेको छ। केन्द्रका अध्यक्ष केसीले  फिनल्यान्डको तामपेरे स्थित लेनिन संग्रहालयमा पुगेर महान लेनिनप्रति सम्मान प्रकट गरेको छ। उक्त संग्रहालय सन् १९०५ देखि १९०७ सम्म लेनिनले भूमिगत रहेर पार्टी कार्य सञ्चालन गरेको भवनमा स्थापित छ र सोभियत संघबाहिर स्थापना गरिएको पहिलो लेनिन संग्रहालय हो।
 
विज्ञप्तिमा,वर्तमान विश्व परिस्थितिमा लेनिनका शिक्षाहरूको महत्व औंल्याउँदै कम्युनिष्ट आन्दोलनभित्र प्रवेश गरेका विभिन्न संशोधनवादी प्रवृत्तिहरूलाई मार्क्सवाद-लेनिनवाद-माओवादका सैद्धान्तिक धरातलमा उभिएर सामना गर्नुपर्ने आवश्यकतामाथि जोड दिइएको छ।
केन्द्रले समाजवादी क्रान्तिको सफलताका लागि लेनिनका विचारहरूको अध्ययन र कार्यान्वयन गर्न विश्वका कम्युनिष्टहरूलाई आग्रह गरेको छ। विशेषगरी सन् १९१२ मा लेनिनले आयोजना गरेको प्राग सम्मेलनको इतिहास गम्भीरतापूर्वक अध्ययन गर्न आह्वान गरिएको छ।  
 
 
                                                 प्रेस विज्ञप्ति
आज २२ अप्रिल । आजको दिन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा एक ऐतिहासिक दिन हो ।किनभने सन १८७० अप्रिल २२ का दिन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका महान् नेता तथा लेनिनवादका प्रतिपादक  भलादिमिर यिल्यिच लेनिनको रुसको सिम्ब — मा जन्म भएको थियो । साथै आमै दिन अर्थात् सन १९४९ अप्रिल २२ ( सम्बत २००६ साल बैशाख १० गते ) का दिन कमरेड पुष्पलालको पहलकदमी र नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियो । 
आज विश्व सर्वहारा वर्ग एवं उत्पीडित जनसमुदायले संसारभर महान् लेनिनको १५६ औं जन्म दिवस धुमधाम र उत्साहजनक ढंगले  मनाउन
गइरहेका छन् र नेपालमा ७७ औं नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस मनाइदैछ। यस ऐतिहासिक अवसरमा संसारभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र ऐक्यबद्धता जाहेर गर्दछ। 
 
लेनिनका संघर्षमयी यात्रामा सन १८९७ देखि जार शाहले ५ वर्षका लागि कालापानी ( साइबेरीया ) निर्वासन ( कैद ) गरेको थियो । साइबेरियामा नै  नादेज्जा क्रुस्कायासँग लेनिनको भेट भएको  भेट भएको थियो र त्यहीँ नै उहाँहरुको विवाह भएको थियो ।
    त्यस्तै  सन १९०५ मा रुसमा क्रान्ति असफल भए पछि जार शाहे भीषण दमन चलायो । हजारौं मजदुर र जनतालाई हत्या गर्यो । रुसमा प्रतिकाल शुरु भयो र लेनिन पनि पुलिसको गिरफ्तारीबाट जोगिन उहाँ फिनल्यान्ड पुग्नु भयो र ताापेरे स्थित तामपेरे वर्कर्स हल नामक  ेभवनको तेस्रो तल्लामा भूमिगत ३ वर्ष  बसेर पार्टी काम शुरु गर्नु भएको , इस्क्रा ( झिल्को ) पत्रिका प्रकाशन शुरु गर्नु भएको र त्यहीँ नै स्टालिनसंग पहिलोपटक भेट भएको उक्त घरमा बसेर पार्टीका बैठकहरु गर्नुभएको र क्रान्तिका लागि तयारी गरेको इतिहास ज्यादै शिक्षाप्रद छ। साथै  सन १९१७ मा लेनिन पुनः फिनल्यान्ड जानु भएको र महान् अक्टोबर क्रान्तिका लागि आम जनविद्रोहको कार्यदिशाको खाका कोर्नु भएको र  सन १९१७ अप्रिल ३ का रुसको ऐतिहासिक शहर तत्कालीन पेत्रोग्रात ( हालको सेयन्टपिटर्वर्ग ) पुग्नु भएको र ४ अप्रिलका महान् रुसी अक्टोबर समाजवादी क्रान्तिको आम जनविद्रोह ( सशस्त्र जनविद्रोह ) को कार्यदिशा  “अप्रिल थेसिस” सार्वजनिक गर्नु भएको थियो जुन विश्व सर्वहारा वर्गका निम्ति ज्यादै ठूलो शिक्षा हो विश्व सर्वहारा वर्ग र उत्पीडित जनसमुदायका लागि ।
        महान् लेनिनले विश्लेषण गर्नुभएको साम्राज्यवाद र सर्वहारा क्रान्तिको सामान्य फेरबदल बाहेक कायमै छ । त्यसैले लेनिनले नै भन्नुभएको विश्व सर्वहारा वर्गका सामु साम्राज्यवाद प्रमुख दुश्मनका रुपमा खडा छ । त्यसैले आज पनि महान् लेनिनको खाँचो छ र यस विश्व परिस्थितिमा विश्व सर्वहारा , उत्पीडित जनसमुदायले महान् लेनिनका शिक्षा र निर्देशनहरु आत्मसात र पालना गर्दै नयाँ जनवाद , वैज्ञानिक समाजवाद हुँदै वर्गबिहिन , राज्यबिहिन नयाँ संसाररुपि वैज्ञानिक साम्यवाद निर्माणको ऐतिहासिक कार्यभार पुरा गर्नका लागि महान् लेनिन र लेनिनवादको बाटोमा अगाडि बढ्नुको विकल्प छैन भन्ने हाम्रो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको मान्यता रहेको छ ।
       यो ऐतिहासिक कार्यभार पुरा गर्नका निम्ति विश्व सर्वहारा वर्गले कम्युनिस्ट  अन्तर्राष्ट्रिय नभएको विषम र जटिल परिस्थितिमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा घुस्न सफल भएको दक्षिणपन्थी संशोधनवाद , नवसंशोधनवाद , छद्म संशोधनवाद र सबैखाले अवसरवादहरुलाई मार्क्सवाद – लेनिनवाद – माओवादका सैध्दान्तिका  धरातलमा उभिएर वैचारिक तथा सैध्दान्तिक रुपले जरुरी छ भन्ने हाम्रो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको ठहर छ ।  किनभने महान् लेनिनले तत्कालीन अवस्थामा रुसी कम्युनिस्ट आन्दोलन भित्र घुसेका र मौलाएका मेन्सेविकीवाद , अर्थवाद , लोकवाद , नरोदवाद , मिलेराँवाद लगायतका दक्षिणपन्थी संशोधनवादीहरुलाई वैचारिक , सैध्दान्तिक रुपले परास्त गरेर मात्र महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न गर्न सफल हुनुभएको थियो ।
      आफ्नो ऐतिहासिक कार्यभार पुरा गर्नका निम्ति महान् लेनिन र लेनिनवादका ती शिक्षाहरुलाई दृढताका कार्यान्वयन गर्न हामी विश्व सर्वहारा वर्गले हार्दिक अनुरोध गर्दछौं र विश्व सर्वहारा क्रान्तिका पक्षमा दृढ समर्थन र पक्षपोषण गर्ने र व्यापक तथा विश्वव्यापी    रुपमा प्रचारप्रसार गर्नेछौं भन्ने विश्वास दिलाउन चाहन्छौं ।
        हाम्रो सेन्टरको तर्फबाट आजै महान् लेनिनको जन्म दिन २२ अप्रिलका दिन ऐतिहासिक अवसरमा  फिनल्यान्डको तामपेरे स्थित लेनिन संग्रहालयमा पुगेर जुन संग्रहालय रहेको तामिेरे वर्कर्स हलको भवनको तेस्रो तल्लामा लेनिन सन १९०५ देखि १९०७ सम्म ३ वर्ष भूमिगत रुपमा बसेर पार्टी काम चलाउनु भएको जो  तत्कालीन सोभियत संघ बाहिर लेनिनलाई समर्पित गरिएको  पहिलो र एक मात्र सन १९४६ मा। फिनल्यान्ड सोभियत संघ समाजद्वारा स्थापित  फिनल्यान्डको तामपेरेमा सञ्चालित  लेनिन संग्रहालयमा आजै पुगेर महान् लेनिन प्रति उच्च सम्मानका साथ सलामी चढाउने सगौरव सम्पन्न गरिएको सबैमा सहर्ष जानकारी गराउन पाउँदा गौरवको अनुभूति भएको समेत जानकारी गराउन
 चाहन्छौं। र, महान् लेनिनको यस ऐतिहासिक १५६ आौं लेनिन जयन्तीका अवसरमा हामी नेपाल लगायत संसारभरका सारसंग्रहवादी  कम्युनिस्टहरूले  सन १९१२ मा लेनिनले आयोजना गर्नुभएको प्राग सम्मेलनको इतिहास  एकपटक गम्भीर भएर पढ्न आग्रह गर्दछौं। धन्यवाद।
                       क्रान्तिकारी अभिवादन सहित।               
मिति : २२ अप्रिल २०२५ 
       ९ बैशाख २०८२ 
 
स्थान : लेनिन संग्रहालय , तामपेरे ,पिरकान्मा , फिनल्यान्ड , युरोप ।
 
 
                                         ( हस्तबहादुर केसी ) 
                                                   अध्यक्ष 
                      अन्तर्राष्ट्रिय लेखक तथा  पत्रकार केन्द्र