प्रहरी एआइजी बढुवामा चरम राजनीति,पार्टीका नेताको सेवा गर्नेलाइ प्रोसान

काठमाडौं । गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को पद रिक्त भएको एक महिनापछि बिहीबार ६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई बढुवा गर्ने क्रममा ०५३ सालको व्याचलाई छुटाइयो।

बढुवा समिति सचिवालयले निकालेको सूचीमा ०६३ को व्याचलाई छुटाएर ०५४ को व्याचलाई मात्रै समेटिएको थियो। जसले गर्दा आगामी नेतृत्वमा राष्ट्रिय अनुसन्धान विभागबाट आएकाहरूलाई रोकिने प्रष्ट संकेत गरेको छ।

यो सूचीको अन्तिममा नक्कली भुटानी शरणार्थीको अनुसन्धान गरेका डिआइजी मनोजकुमार केसी पनि अटाएर इज्जत जोगाएको भए पनि ०५३ को व्याचलाई छाड्नुचाहिँ अन्याय भएको थियो।

पहिलोमा केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत डिआइजी चन्द्रकुँवेर खापुङ,दोस्रोमा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा रहेका लालमणि आचार्य र तेस्रोमा कृष्णहरि शर्मा पोखरेलको बढुवा सिफारिस गरिएको छ।

उनीहरू नेपाल प्रहरीमा २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक भएर सेवामा प्रवेश गरेका थिए। उनीहरू मध्ये एकजना दुई महिनाका लागि आइजीपी हुनेछन्।

२०५४ चैत १८ मा प्रवेश गरेकाहरू दानबहादुर कार्की,राजन अधिकारी र मनोजकुमार केसीको पनि बढुवा सिफारिस भएको छ । २०५२ को व्याच बाहिरिएपछि उनीहरुमध्ये एक जना आइजीपी हुनेछन्।

तर आउदो जेठमा लालमणी आचार्य बाहिरिएपछि ०५३को व्याचबाट एक जना एआइजी हुनेछन्। जो हुन्छन उनी एक महिनाको फरकमा एआइजी हुने भएकाले आइजीपीको प्रतिस्पर्धामा रोकिने अवस्था भने छैन।

गत चैत ४ गतेदेखि आइजिपी बसन्तबहादुर कुँवरसहित ८ जना वरिष्ठ अधिकृतहरू ३० वर्षे सेवा अवधि सकेर अवकासमा गएका थिए। एआइजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरूङ, दुर्गा सिंह, कुवेर कडायत र जनक भट्टराई बिदा भएका थिए।

त्यस्तै डिआइजी ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द पनि अवकासमा गएका थिए । त्यसपछि दीपक थापालाई नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बनाइएको थियो।

६ वटा एआइजीको पद रिक्त भएको एक महिना भएपछि निस्किएको हो । विद्यमान ऐन कामयमै रहेमा भदौ १९मा आइजिपी थापा अवकासमा जानेछन्।

उनी अवकासमा गएपछि अहिले एआइजी सिफारिस भएकामध्येबाट एक जना ३२ औं आइजिपी हुनेछन् । २०५३ पुस ५ गते राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएका डिआइजीहरू सिद्धिबिक्रम शाह, सुशिलसिंह राठौर र उमाप्रसाद चतुरवेदी पनि बढुवा हुने लाइनमा थिए ।

डिआइजी मनोज केसीलाई यस पटकको बढुवामा छुटाएर सिद्धिबिक्रम शाहलाई नै अघि सार्ने गृहमन्त्री रमेश लेखकको चाहनामा कांग्रेसीहरु नै बाधक भएका थिए। त्यसका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टाउको हल्लाएर साथ दिएका थिए ।

केसीसँग नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानपछि नेपाली कांग्रेसका शीर्ष नेताहरू केसीसँग असन्तुष्ट थिए । पटकपटक सरूवा गरी केसीलाई अनुसन्धान गर्ने निकायबाट पन्छ्याउँदै आएका कारण डिआइजी मनोज केसीलाई बढुवामा छुटाउने धेरैको आशंका भएपनि कांग्रेसका केही नेताहरुले छुटाउन चाहेनन।

त्यसमा प्रधानमन्त्री सहमत भएपछि गृहमन्त्री लेखकको कुनै जोड नचलेको हो । उनको सट्टामा डिआइजी शाहलाई नै अघि सार्नुपर्ने गृहमन्त्री लेखकले जोडमा नुवाकोटे अर्जुननरसिंह केसीहरुले साथ दिएका थिएनन ।

यसअघि कार्की, अधिकारी र केसी सिद्धिबिक्रम शाह भन्दा ६ महिना अगावै बढुवा भएका थिए । शाहसहितको ब्याचलाई गत मंसिरमा मात्रै बढुवा गरिएको थियो। कार्कीको ब्याच गत जेठमै बढुवा भएका थिए । चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनले पनि एआइजीको बढुवा सूची निकाल्न ढिला भएको थियो ।

उक्त आन्दोलनका कमाण्डरलाई पक्राउ गर्न पनि डिआइजी शाहकै नेतृत्वमा समिति बनेको थियो । जसले भारतको असमबाट प्रसाईंलाई पक्राउ गरी नेपाल ल्याएको थियो।

नक्कली भूटानी शरणार्थी प्रकरणमा मनोज केसीलाई धन्यवाद दिने गगन थापा पनि दूर्गा प्रसाई पक्राउ गर्ने सिद्धि विक्रमका लागि सकारात्मक बन्न सकेनन’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो ।

गगन थापाले नै सरकारको आलोचना गर्न थालेपछि एआइजी बढुवामा केसीलाई समावेश गर्नैपर्ने अवस्था आएको र उनको ब्याचबाट तेस्रो नम्बरमा राखेर बढुवा गरिएको स्रोतले जनाएको छ।

यसअघि एसएसपीबाट डिआइजीमा बढुवा हुँदा मनोज केसी दोस्रो नम्बरमा बढुवा भएका थिए, कार्की पहिलो र अधिकारी तेस्रो नम्बरमा थिए । तर अहिले एआइजीमा बढुवा गर्दा भने केसी उनको ब्याचबाट तेस्रोमा झारिएको छ।

तत्कालीन गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणसमेत मुछिएको नक्कली भूटानी शरणार्थी प्रकरणमा अनुसन्धान गर्दा मनोज केसी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्रमुख थिए।

उनकै नेतृत्वको टोलीले खाणलाई २०८० वैशाख २७ गते काठमाडौंस्थित निवासबाट पक्राउ गरेको थियो । खाँण पक्राउ परेपछि गगन थापाको समूहले तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई मन्त्रालय पुगेर धन्यवाद दिएको थियो।