सुनको मूल्यमा भारी वृद्धि,तोलामा कति ?

काठमाडौं। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँ बढेको हो।

अघिल्लो दिन १ लाख ९१ हजार रुपैयाँका कारोबार भएको सुन मंगलबार बढेर तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको हो । यो मूल्य हालसम्मकै उच्च हो।

यसैबिच चाँदीको मूल्य पनि सामान्य बढेको छ। सोमबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर परेको महासंघले जनाएको छ।