क्यानले चार टोली बनाएर अभ्यास खेल खेलाउँदै

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय टोलीसँगै युवा खेलाडीलाई पनि समेटेर अभ्यास खेल आयोजना गर्ने भएको छ। चार टोली बनाएर आगामी शनिबारदेखि मुलपानी क्रिकेट मैदानमा खेलहरू सञ्चालन गरिने क्यानले जनाएको छ।
नेपाल ब्ल्यु, नेपाल ग्रिन, नेपाल रेड र नेपाल एल्लो नामका टोली बनाइएका छन्। कप्तान पनि तोकिएको छ। नेपाल ब्ल्युको कप्तानी राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले गर्नेछन् । नेपाल ग्रिनको नेतृत्व ओपनर आसिफ शेखले गर्नेछन् भने नेपाल रेडको कप्तान सन्दीप लामिछाने र नेपाल एल्लोको कप्तान दीपेन्द्र सिंह ऐरी रहनेछन् ।
प्रत्येक टिममा १३ खेलाडी समेटिएका छन्। टोलीमा हालै यू–१९ विश्वकप छनोट खेलेका खेलाडीहरू पनि छन्। सम्झौतामा रहेका र बाहिर रहेका दुवै प्रकारका खेलाडीलाई समेटेर अभ्यासलाई व्यापक बनाइएको क्यानले जनाएको छ । खेलहरू मुलपानीका दुई मैदानमा एकसाथ सञ्चालन हुनेछन्।
कुन टिममा कोको खेलाडी छन् ।
नेपाल ब्ल्यु: (कप्तान रोहित पौडेल) प्रज्वल थापा, देव खनाल, अनिल कुमार साह, शाकिव हक, सूर्य तामाङ, सन्दीप जोरा, कुशल मल्ल, गुल्शन झा, हेमन्त धामी, करण केसी, दिपेश कंडेल, युवराज खत्री
नेपाल ग्रिन: (कप्तान: आसिफ शेख) सोमपाल कामी, ईशान पाण्डे, अर्जुन कुमाल, आकाश त्रिपाठी, सागर ढकाल, दिलिप नाथ, विवेक यादव, पवन सर्राफ, रिजन ढकाल, शेर मल्ल, रासिद खान, सन्तोष यादव
नेपाल रेड: (कप्तान: सन्दीप लामिछाने) अर्जुन साउद, त्रितराज दास, भीम सार्की, शुभ कंसाकार, शाहव आलम, बसिर अहमद, आरिफ शेख, लोकेश बम, नन्दन यादव, आकाश चन्द, प्रतिस जिसी, नरेन भट्ट
नेपाल एल्लो: (कप्तान: दीपेन्द्र सिंह ऐरी) विनोद भण्डारी, मयन यादव, कुशल भुर्तेल, सुजन थपलिया, ललित नारायण राजवंशी, अर्जुन घर्ती, किरन ठगुन्ना, अविनाश बोहरा, रुपेश कुमार सिंह, कमल सिंह ऐरी, विशाल पटेल, दीपेन्द्र रावत
यी अभ्यास खेलमार्फत राष्ट्रिय टोली र युवा खेलाडीबीच समन्वय, प्रतिस्पर्धा र मूल्यांकनका अवसरहरू सिर्जना हुने अपेक्षा गरिएको छ।