यस्तो रहनेछ आज देशभरकाे माैसम

काठमाडौं। स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको तराई क्षेत्र र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।