एनएसएल: फाइनल प्रवेश गर्न धनगढी र पोखरा भिड्दै
काठमाडौं। नेपाल सुपर लिग एनएसएलको दोस्रो क्वालिफायर आज हुँदैछ। दोस्रो क्वालिफायरमा आज धनगढी एफसी र पोखरा थन्डरबीच खेल हुने छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ। धनगढीले पहिलो क्वालिफायरमा ललितपुर एफसीसँग पराजित हुँदै दोस्रो क्वालिफायर खेल्न लागेको हो भने पोखराले एफसी चितवनलाई हराएर धनगढीसँगको भेट पक्का गरेको हो।
समूह चरणमा यी दुईबीचको खेल गोलरहित बराबरी भएको थियो। आजको खेल ब्राजिलका लेजेन्डरी फुटबलर रोबर्टो कार्लोसले पनि हेर्नेछन्।
५२ वर्षीय कार्लोस हिजो काठमाडौं आइपुगेका हुन्। उनले तीन विश्वकप खेलेका छन्। कार्लोस सम्मिलित ब्राजिलको टोली सन् १९९८ विश्वकप फुटबलको फाइनलमा प्रवेश गर्दै उपविजेता बनेको थियो।
सन् २००२ मा एसियामा भएको पहिलो विश्वकपमा भने उनी सम्मिलित ब्राजिल च्याम्पियन भएको थियो। उनले सन् २०१६ मा उनले व्यावसायिक फुटबल खेल्न छाडेका थिए।