माओवादीले भन्यो-वर्तमान सरकारले आफ्नो वैधानिकता गुमाइसक्याे
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई एकदिन पनि सत्तामा रहने नैतिक अधिकार नरहेको दाबी बताएको छ ।
बुधबार समसामयिक विषयवस्तुबारे पार्टीको धारणा सार्वजनिक गर्नका आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रले यस्तो दावी गरेको हो ।
पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भने, ‘वर्तमान सरकार प्राविधिक रुपमा त आफ्नो अस्तित्वमा छ । वैधानिक रुपमा आफ्नो वैधानिकता गुमाइसकेको छ । यस अर्थमा आफ्नो औचित्य स्थापित गर्न पूर्णतः असफल भएको यो सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन ।
साथै, सत्ता गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकता विपरित बनेको भन्दै माओवादी केन्द्रले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न नसकेको जनाएको छ।