रघुजी पन्त शिक्षामन्त्री नियुक्त

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई आज (बुधबार) शिक्षामन्त्री नियुक्त गरेका हुन्। राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै पन्तलाई शिक्षामन्त्री नियुक्त गरिएको जानकारी दिएको हो।

स्रोतका अनुसार पन्तको शपथ ग्रहण कार्यक्रम भोलि बिहीबारका लागि तय भएको छ। मन्त्री नियुक्त भएका पन्त एमालेका समानुपातिक सांसद हुन् । गत वैशाख ८ गते विद्या भट्टराईले राजीनामा दिएपछि शिक्षामन्त्री पद खाली थियो।